नेपाल मेरो घर जस्तै लाग्छ: कपिल शर्मा



kapil

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चर्चित टेलिभजन शो ‘कमेडी नाइट विथ कपिल’का सञ्चालक अर्थात भारतमा मात्र होइन संसारभर आफुलाई प्रख्यात कमेडियनको रुपमा स्थापित गराइसकेका भारतका कमेडियन कपिलले शर्माले नेपाली पत्रकारहरु माझ आफ्नो कार्यक्रममा कसैको आँखा लागेको बताएका छन् ।

शनिबार रशरथ रंगशालनमा हुने भनि तय भएको कार्यक्रम स्थगित भएपनि कपिल शर्माले काठमाडौं आएका थिए । उनले भने कार्यक्रम स्थगित भएको मैले भारतमै हुदाँ थाहा पाईसकेको थिए सुरु सुरुमा त विश्वास नै लागेन तर पछि आधिकारिक रुपमा खबर आएपछि आफु निकै दुखी भएको बताउदैं कपिलले तर पनि नेपाल जस्तो सुन्दर देशमा आफु आउन नछोडेको बताए ।

कपिलले भने सारा नेपालीलाई एकसाथ हँसाउने सुर थियो तर मेरो कार्यक्रममा कसैको आँखा लाग्यो तर अर्को पटक नेपाल आउदा सब परिवारका साथ काठमाडौं आउने कपिलले बताए । आफूलाई मन पर्ने ठाउँ भएकाले कार्यक्रम रद्द भए पनि काठमाडौं आएको उनले बताए । सुरक्षाका कारण आफ्नो कार्यक्रम स्थगित भएको जानकारी पाएको भन्दै उनले भने, ‘कार्यक्रम स्थगित भएकोमा दुःख लागेको छ’ ।

काठमाडौंमा रहेको याक एण्ड यति होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा करिब २ घण्टा ढिलो कार्यक्रमस्थलमा आईपुगेका कपिलले सबै सगँ माफि माग्दै पत्रकार सगँ रमाईला कुरा गर्दै आधा धण्टा विताएका थिए । नेपाली दर्शकलाई हसाउन नपाए पनि आफुले पशुपतिनाथको दर्शन गरेर जाने कपिलले बताए ।

कपिलले पत्रकार सम्मेलनमा सगरमाथा भारतमा पर्छ भनेर आफूले नभनेको समेत स्पष्टिकरण दिए । नेपाल पनि आफुलाई आफ्नो घर जस्तो लाग्ने बताउदैं अविवाहित कपिलले आफुलाई नेपालबाट विवाहको प्रस्ताब आए सोच्ने समेत बताए । ठट्यौली पारामा उनले नेपाली युवतीहरु पनि निकै सुन्दर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu