प्रियंका भन्छिन् -‘सेक्स मजा लिनको लागी मात्र हैन’



priyanka-chopra-1

भारतमा देशभर महिलामाथी हुने गरेको हिंसाको बिरुद्धमा बलिउड नायिका प्रियंका चोपडाले आवाज उठाएकी छिन् । उनका अनुसार महिला भनेको केवल सेक्स मजा लिनको लागी मात्र हैन । आज महिलालाई समाजमा पुरुषसरहको दर्जा र सम्मान दिनुपर्ने उनको कथन छ ।

एक अन्तरवार्ताका क्रममा प्रियंकाले अब पुरुषहरुको मानसिकता बदल्नुपर्ने समय आएको बताइन् । उनले बलात्कारको पछाडि महिलाको छोटो कपडा लगाउने कारणको पनि बिरोध जनाइन् । उनले भनिन् महिलाको छोटो कपडाको कारण होइन पुरुषको छोटो मानसिकताको कारण हो ।

दिल्लीमा उबेर बैब ड्राइभरबाट हालै भएको बलात्कारलाई जोड्दै उनले पुरुषको महिलामाथीको नजर नबदलेसम्म यस्ता घट्ना नरोकिने बताइन् । स्मरण रहोस प्रियंका समाजिक मुद्धामा चासो राख्ने अभिनेत्री हुन् । उनले यसअघि पनि सामाजिक मुद्दामा यस्तै अभिब्यक्ति दिइसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu