‘पिके’को विषेश शो गरी ब्लड क्यान्सरपीडितलाई २ लाख सहयोग



PK

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
भारतभित्र ५ हजारवटा हल र भारतबाहिर ८२० हलमा एकसाथ प्रदर्शनमा आएको बलिउड फिल्म पिकेको काठमाडौंमा विषेश शो को आयोजना गरिएको छ । बलिउड अभिनेता आमिर खान अभिनित हिन्दी चलचित्र ‘पिके’ को विशेष प्रदर्शनीबाट उठेको २ लाख रुपैयाँ नगद ब्लड क्यान्सरपीडित अर्जुन कार्कीलाई प्रदान गरिएको छ ।

चलचित्र सुरु हुनुभन्दा अघि आयोजित एक कार्यक्रमबिच गायक आनन्द कार्कीले पीडित कार्कीलाई नगद हस्तान्तरण गरेका थिए । लामो समयदेखि ब्लड क्यान्सरपीडित रामेछाप खिम्ती–५ का १७ वर्षीय कार्की सिभिल सर्भिस हस्पिटलमा उपचारत छन् । सोसियल एक्सन नेपालले ब्लड क्यान्सरपीडित कार्कीको सहयोगका लागि बिग मूभिजमा विशेष सो आयोजना गरेको थियो ।

बलिउड फिल्म पिकेले नेपालमा पनि राम्रो व्यापार गरिरहेको नेपालका वितरकहरुले बताएका छन् । प्रदर्शनमा आएको पहिलो दिनमा नै पिकेले ३३ करोडको व्यापार गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu