संयम र निशा एउटै कोलोनीमा (भिडियो)



Aavash

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
दुई ठुला चलचित्र अलविदा र तथास्तुसगँ एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘आभाष’को अफिसियल ट्रेलर रिलिज भएको छ । आईतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको अफिसियल प्रोमो रिलिज गरिएको छ ।

चलचित्र यूनिटले सार्वजनिक गरेको अफिसियल ट्रेलरमा माया, प्रेम, द्वन्द्व सबैलाई देखाएको छ । ट्रेलरमा निशा अधिकारी, सलोन बस्नेत, सयंम पुरी, आष्मा डिसी लगायतका कलाकारहरुलाई देख्न सकिन्छ । कार्यक्रममा निशा अधिकारी र सयंम पुरी भने उपस्थित भएका थिएनन् । कार्यक्रममा बोल्दै निर्देशक सुरेन्द्र पौडेलले आफुले चलचित्र आभाष निर्देशन गर्नु भन्दा अगाडी सबै कुरालाई राम्रो सगँ बुझेर निर्देशन गरेको बताउदैं आभाषलाई दर्शकले मन पराउनेमा पनि विश्वास व्यक्त गरे ।

त्यस्तै चलचित्रका निर्माता गोविन्द शाहीले चलचित्र आभाष आफुले निर्माण गरेका अरु चलचित्र भन्दा फरक रहेको खुलाउदैं चलचित्रले दर्शकको मन जित्नेमा आफु विश्वस्त रहेको बताए । कार्यक्रममा बोल्दै कलाकार सलोन बस्नेतले आफुले अभिनय गरेका चलचित्र भन्दा आभाषले दर्शकलाई फरक स्वाद दिने दाबी गरेका छन् । चलचित्रको गीत, संगीतले यति बेला दर्शकको मन जित्दै गएका कारण चलचित्रले पनि दर्शकको मन जित्नेमा चलचित्रका निर्माता तथा कलाकार गोविन्द शाही विश्वस्त देखिएका छन् ।

यूवापुस्ताको मनको भाव बोकेको चलचित्र आभाषलाई क्रिएटिभ फिल्म र ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण गरिएको छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको छ भने गम्भीर विष्टको नृत्य निर्देशन र चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ । यस भन्दा अघि चलचित्र आभाषको टिजर, ट्रेलर र दुई वटा गीत सार्वजनिक भईसकेका छन् ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu