बन्ने भो ‘कबड्डी’ को सिक्वेल



kabaddi

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
यस वर्ष व्यवसायिक रुपमा सफलता हात पारेको चलचित्र ‘कबड्डी’ को सिक्वेल बन्ने भएको छ । सिक्वेलको नाम ‘कबड्डी कबड्डी’ रहने स्रोतले बताएको छ । ‘कबड्डी’ को सिक्वेलमा दयाहाङ राई र रिश्मा गुरूङ यथावत रहनेछन् भने सौगात मल्ल मुख्य भुमिकामा रहने छन् ।

निश्चल वस्नेत तथा राजन खतिवडा भने ‘कबड्डी’ को सिक्वेलमा रहने छैनन् । फिल्मको दोस्रो भागमा दया र रिश्मा गाउँ फर्केपछिको कथा हुनेछ । यसमा चुनावको सेरोफेरोमा फिल्मको कथा अघि बढ्ने छ । फिल्मलाई पूर्ण रुपमा मुस्ताङमा छायाकंन गरिने बताइएको छ ।

‘कबड्डी’को सिक्वेललाई पनि रामबाबु गुरूङले नै निर्देशन गर्नेछन् । हाल कथालाई अन्तिम रूप दिने काम भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu