पुष २५ मा तीन नेपाली चलचित्र, राम्रोले पक्कै मार्नेछ बाजी



aavas

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
कलाकार गोविन्द शाहीले निर्माण गरेको चलचित्र आभाष, निर्देशक सविर श्रेष्ठले निर्माण निर्देशन गरेको चलचित्र तथास्तु र हसन खानले निर्माण गरेको चलचित्र अलबिदा एकसाथ पुष २५ गते प्रदर्शनमा आउदैंछन् । यस कारण पनि पुष २५ गते यि तीनै चलचित्रको युद्धमा कसको जित हुने हो त्यो भने पुष २५ गते पछाडी नै थाहा होला तर यति बेला यि चलचित्रका बारेमा धेरै थरीका कुराहरु बजारमा छरिरहेका छन् ।

आर्यन सिग्देल र नायिका रेखा थापा विचको सम्बन्ध पानीबाराबारको अवस्थामा छ त्यसैले पनि रेखा र आर्यनको युद्ध चलचित्रबाट हुनु स्वभाविक पनि हो त्यसैले रेखा अभिनित चलचित्र तथास्तु र आर्यन अभिनित चलचित्र अलबिदाले एकै मितिमा प्रदर्शन आराम्भ गर्न लागेका छन् । रेखाले पहिले पहिलेका चलचित्रमा जस्तो दर्शक पाउनेमा ढुक्क हुन नसकिने चलचित्रका जानकारहरु बताउँछन् । रेखाको होम प्रोडक्शनका चलचित्रमा जस्तो तथास्तुको चर्चा नहुनु पनि यस्तो हल्ला हुनुको कारण हो ।

आर्यन अभिनित चलचित्र नोभेम्बर रेन र लज्जाले राम्रो व्यापार गरेपछि यस बर्ष आर्यनको नाईकेले ठिकै मात्र व्यापार गर्‍यो । अलविदा आर्यनका हितैषी मित्र हसन खानले आँफै बनाएका हुन् । खान पनि चलचित्रको मुख्य पात्र हुन् ।

निशा अधिकारी, सयंम पुरी, सलोन बस्नेत, आष्मा डिसी लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र आभाषले पनि यि चलचित्रसँग एकसाथ प्रदर्शनमा आरम्भ गर्दैछ । पछिल्लो र मध्यम पुस्ताका कलाकारहरुको आभाषलाई पनि लडाई लड्न सजिलो छैन । चल्तीका कलाकारहरुका अन्य चलचित्रसँगको प्रतिष्पर्धामा आउनु सामान्य हिम्मत भने होइन । त्यसो त नयाँ पुस्ताका कलाकार भित्र्याएर पनि अरुलाई उछिन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरिसकेका सुनिल रावलले आभाष कमजोर नभएको बताउँछन् । सुनिलले भित्र्याएका संयम र सलोनको मुख्य भूमिका रहेको आभाष आशातित चलचित्र हो । चर्चित सम्पादक सुरेन्द्र पौडेलको डेब्यू निर्देशनले पनि आभाषलाई थप आशामा लिईएको छ ।

अब यि तीन ठुला चलचित्र मध्य कसले पुष २५ गते बाजी मार्ने हुन त्यो भने पुष २५ गतेको विहानीबाट नै थाहा हुनेछ । नेपालको सन्दर्भमा बाहिर हुने हल्ला र चर्चा भन्दा पनि चलचित्र राम्रो हुनुमा चल्ने नचल्ने निर्धारण हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu