जेलबाट निस्केपछि सञ्जयको ‘सिक्स प्याक’



Sanjay-Dutt

बलिउड नायक सञ्जय दत्तलाई जेलले १४ दिनको छुट्टी दिएको छ । जेलबाट निस्केर घर पुगेका दत्तलाई भेट्न पत्रकार आफन्त र शुभचिन्तकको भीड जम्मा भएको थियो। उनले सबैसँग हासेर कुरा गरेका थिए ।

सर्ट् फुकालेर जेल भित्र बस्दा बनाएको सिक्स प्याक एब्स उनले सबैलाई देखाएका थिए । दत्तको पनि अभिनय रहेको पीके फिल्म प्रमोशनको लागि उनले जेल प्रशासनसँग छुट्टी मागेका थिए । बुधबार उनको छुट्टी स्वीकृत भएको हो ।

सन् १९९३ मा मुम्बईमा भएको बम विष्पोटका बेला अवैधानिक हतियार राखेका अभियोगमा दत्तलाई यरवदा जेल (पुणे) मा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu