भुवन केसीको क्रिसमस अपाङ्ग बालबालिकामाझ



Bhuwan-KC-1

ठुलोपर्दा डटकम, काठमाडौं ।
अभिनेता भुवन केसीले यस वर्षको क्रिसमस अपाङ्गता भएका बालबालिकासँग मनाएका छन् । ललितपुरको बुङमती स्थित ‘अपाङ्ग सेवा संघ’मा बिहिबार बिहान ९:३० बजे पुगेका केसी त्यहााका सुस्त मनस्थिति, दृष्टी बिहिनी, आबाज बहिनी र शारीरिक अपाागता भएका ५२ जना बालबालिकसँग करिब दुई घन्टा बसेर क्रिसमस मनाए ।

राजधानीको काठमाडौं मल स्थित ‘फेसियल हाउस सलुन’ले आफ्नो सातौं वार्षिकी उत्सब मनाउन आयोजना गरेको ‘अपाङ्गता भएका बालबालिकाहरुको सेवा’ कार्यक्रममा अभिनेता केसी प्रमुख अतिथि भएर पुगेका थिए ।

Bhuwan-KC-2

त्यहाँका बालबालिकाहरुले अभिनेता केसीलाई उनका विभिन्न चलचित्रका गीत गाएर सुनाएका थिए । उनीहरुको गीत सुनेर केसी निकै आनन्दित भएका थिए ।
‘पहल नेपाल’की अध्यक्ष सरिता गुरुङ, फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरासँगै अभिनेता केसीले फेसियल हाउसका तर्फबाट ती असाहाय बालबालिकालाई जनही ज्याकेट तथा विभिन्न खाद्य सामग्री प्रदान गरे ।

अभिनेता केसी र प्रबन्ध निर्देशक महराले तीनै बालबालिका माझ केक काटेर फेसियल हाउसको सातौं बार्षिक उत्सव मनाए । अभिनेता केसीसँगै केक खाँदै गफ गर्न पाउँदा त्यहाँका बालबालिका साह्रै खुसी भएका थिए ।

Bhuwan-KC-3

‘अपाङ्गता भएका बालबालिकाले पनि भविष्यमा केही सक्छन भनेर उनीहरुलाई प्रोत्साहन गर्न फेसियल हाउसको वार्षिक उत्सव उनीहरु बीच मनाईएको हो । नायक भुवन केसीले उहााहरु प्रति देखाउनु भएको माया र सदभावले उहाँ वास्तविक जीवनको पनि नायक भएको महसुस हामीले गरेका छौं ।’ महराले कार्यक्रममा भनिन् ।

देशका विभिन्न ठाउँबाट अपाङ्गता भएका बालबालिकालाई ल्याएर त्यहाँ पालन पोशण र शिक्षा दिएको दिएको भन्दै अभिनेता भुवन केसीले अपाङ् सेवा सङ्घका सञ्चालक दयाराम महर्जनलाई धन्यबाद दिँदै भने,’ यी अपाङ्गता भएको भाई बहिनीहरुको गीत संगीत सुनेर उनीहरुलाई सेवा गर्दै फेसीयल हाउसको बार्षिक उत्सवसँगै आजको क्रिसमस मनाउन पाउँदा म साह्रै खुसी छु । आउँदा दिनमा पनि म यी बालबालिकालाई भेट्न म आईरहने छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu