आभाषका लागी संयमको हलेसी मन्दिरमा पुजा पाठ



samyam-puri]

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पुष २५ गते दुई चलचित्र तथास्तु र अलबिदासँग एकसाथ प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित फिल्म आभाषको सफलताका लागी चलचित्रका कलाकार संयम पुरीले खोटाङमा रहेको हलेसी मन्दिरमा गएर पुजा पाठ गरेका छन् । चलचित्र सफल होस भन्दै उनले आभाषको पोस्टर नै बोकेर हलेसी मन्दिर पुगेको तस्विर संयमले फेसबुकमा पोष्ट गरेका छन् ।

यूवापुस्ताको मनको भाव बोकेको चलचित्र आभाषलाई क्रिएटिभ फिल्म र ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण गरिएको छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको छ भने गम्भीर विष्टको नृत्य निर्देशन र चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ । यस भन्दा अघि चलचित्र आभाषको टिजर, ट्रेलर र दुई वटा गीत सार्वजनिक भईसकेका छन् ।

सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्र आभाषमा निशा अधिकारी, सलोन बस्नेत, सयंम पुरी, आष्मा डिसी लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई गोविन्द शाही र दिपक शाहीले मिलेर निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu