शुक्रबार रिलिजः चलचित्र ‘विधवा’, साथ आयो रजनीकान्तको लिंगा



bidhawa-press-meet

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आजबाट देशभर प्रदर्शनमा चलचित्र विधवा लागीपरेको छ । नेपालबाट सोलो रिलिजको मौका पाएको विधवाले नेपालमा करिब ४० वटा भन्दा हलमा लाग्ने चलचित्रका निर्माता गिरिप्रसाद सुनारले बताए । चलचित्रमा दीलिप रायमाझी, सोनु घिमिरे, मनोज श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा कथा मन बहादुर घिमिरेको, गीत शंकर अधिकारी र प्रकाश लाल श्रेष्ठको, संगीत विकास चौधरीको, नृत्य विवेक थापाको, द्वन्द्व हिमाल केसीको, छायांकन दिपक परियारको, सम्पादन अभिषेक पौडेलको रहेको छ । चलचित्रमा गिरी प्रसाद सुनारको लगानी रहेको छ । चलचित्रले सामाजिक कथालाई उठान गरेको छ । चलचित्रलाई मनोज श्रेष्ठले निर्देशन गरेका हुन् ।

साउथका सुपरस्टार रजनीकान्तको चलचित्र लिंगाले पनि आजबाट नै नेपालमा प्रदर्शन सुरु गरेको छ । दर्शना आट्सले नेपालमा वितरण गरेको चलचित्र लिंगाले नेपालमा पनि राम्रो सुरुवात गर्ने दर्शना आट्सले विश्वास बोकेको छ । दर्शना आट्सका अनुसार सुपरस्टार रजनीकान्तका नेपालमा पनि अत्याधिक फ्यान भएका कारण यस चलचित्र नेपालमा प्रदर्शन गर्न लागिएको जानकारी दिएको छ ।

lingaa

रजनीकान्तको चलचित्र लिंगाले भारतका केहि प्रान्तमा प्रदर्शनमा आएको तिन दिनमा नै १०० करोड भन्दा माथिको व्यापार गरेको थियो । लिंगामा बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको साथमा साउथ चर्चित अभिनेत्री अनुष्का सेट्टीको पनि अभिनय छ । फिल्मलाई के एस रविकुमारले निर्देशन गरेका हुन् । रजनीकान्तको एक्सन र रोमान्सले भरिएको ‘लिंगा’ले बलिउडस्टार आमिर खान अभिनित चलचित्र पिकेलाई समेत असर पर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu