अपिलको निर्देशनमा ‘झुम्की’ बन्दै, कलाकारमा दयाहाङ र रिश्मा



apil-bista-pratap

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र ‘दासढुंगा’ निर्माण गरेका निर्माता अपिल बिष्टले अब चलचित्र ‘झुम्की’ निर्देशन गर्ने भएका छन् । सोसल ड्रामामा आधारित चलचित्र ‘झुम्की’ निर्देशन गर्नु भन्दा अगाडी आफुले धेरै कुरा बुझेर मात्र चलचित्र निर्देशन गर्न लागेको अपिलले ठुलोपर्दा डटकमलाई जानकारी दिएका छन् ।

बिष्टले भने- ‘अरु चलचित्र भन्दा ‘झुम्की’लाई फरक र आर्कषक बनाउने प्रयास गर्नेछु ।’ चलचित्रको छायांकन पौष, फागुन र भाद्र महिनामा गरिने बताउदैं निर्देशक बिष्टले हाल चलचित्रको छायांकन भईरहेको पनि जानकारी दिए । तर, पौष २२ गतेबाट भने सम्पूर्ण कलाकारको साथमा छायांकनमा जाने उनले बताए ।

Daya-and-rishma

चलचित्रलाई स्तरिय बनाउन आफूले ३ वटा सेड्यूलमा छायांकन गरिने बताइएको छ । झुम्कीलाई राम बाबु गुरुङले लेखेका हुन् । अपिल बिष्ट प्रोडक्शनको ब्यानरमा बन्न लागेको यो चलचित्रमा दयाहाङ राई, मनोज आरसी, रिश्मा गुरुङ, भोला राज सापकोटा, प्रमोद अग्रहरी लगायतका कलाकारहरु रहेका छन् । चलचित्रमा निर्माता बिजय बराल बिष्ट छन् भने सह-निर्माताको रुपमा सरिता केसी रहेकी छिन् । चलचित्रलाई शैलेन्द्रध्वज कार्कीले खिच्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu