सलमानलाई प्रयोग गर्दै सनी लियोन



salman-sunny

बलिउड अभिनेत्री तथा पूर्वपोर्नस्टार सनी लियोनलाई पनि अब चर्चामा आउनका लागी सिकाउनु नपर्ने भएको छ । बलिउडमा विभिन्न कलाकारहरुको संगतले होला अब सनी पनि विभिन्न बेला विभिन्न अभिव्यक्तिले चर्चामा आउन माहिर बन्दै गएकी छिन ।

नयाँ फिल्म ‘वन नाइट स्ट्याण्ड’को प्रमोसनका क्रममा उनले आफ्नो फिल्म र आफ्नो चर्चाका लागी सलमान खानको सहयोग लिएकी छिन् । एउटा प्रमोसन कार्यक्रममा सञ्चारकर्मीले सनीसँग उनको नयाँ फिल्मबारे प्रतिक्रिया मागे । जवाफमा सनीले प्रसंगैबिना सलमानको खुलेर प्रशंसा गर्न थालिन् ।

‘बिगबोस’ मार्फत भारतीय दर्शकमाझ प्रस्तुत भएपछि सलमान खानले आफूलाई बलिउडमा आउन र स्थापित हुन मद्दत गरेको उनले बताइन् । सलमानको नाम लिएपछि सनीको सो कार्यक्रमले उनले सोचे अनुरूप नै चर्चा पायो । यसरी सनीले विभिन्न कार्यक्रमहरुमा सलमान खानको नाम लिदैं हिड्न थालेपछि उनको चर्चा यति बेला बलिउडमा व्यापक छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu