४९ बर्षमा सलमान खान, अर्को बर्ष बिहे हुन सक्ने



salman

डिसेम्बर २७, अर्थात आज बलिउडका दबंगस्टार सलमान खानको जन्मदिन । शुशीला चरक र सलिम खानका जेष्ठ सुपुत्र सलमान खान बलिउडका बिकाउ नायक हुन् । उनका बाबुतिरका पुर्खा पठानी मुलका अफ्गानिस्तान बाट झरेका हुन् भने आमा चाहिं हिन्दु परिवार कि हुन् ।

आज सलमानले आफ्नो जन्मदिनको अवसर पारेर उनले आफ्नो घरमा विषेश कार्यक्रमको आयोजना गरेका छन् । उनको जन्मदिनको अवसरमा विहानै देखी उनको घरमा बलिउडका चर्चित कलाकारहरुको आगमन हुँदै गएको छ । भारतीय सञ्चार माध्यमका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सलमानलाई फोन गरेर जन्मदिनको शुभकामना दिएका छन् ।

आज साँझ हुने सलमानको जन्मदिनको विषेश कार्यक्रममा बलिउडका चर्चित हस्तीहरुको उपस्थिति रहने छ । उनले सञ्चालन गदैं आएको चर्चित टिभि शो बिग बोसमा समेत उनी आज नदेखिने भएका छन् । उनको सट्टामा आज बलिउडका चर्चित हाँस्यकलाकार कपिल शर्माले उक्त शो चलाउँदैछन् ।

आजबाट ४९ बर्षमा पुगेका अविवाहित सलमान खान बलिउडका सबैभन्दा धनी कलाकारको रुपमा समेत चुनिएका छन् । उनी सम्पन्न परिवारमा जन्मेर बलिउड छिरेका होइनन् । आफ्ना लागि आफै संघर्ष गरेका हुन। हाल चलचित्र बजरंगी भाईजानको छायांकनमा व्यस्त सलमान खानले आज आफ्नो जन्मदिनमा भब्य कार्यक्रम गदैं छन् भने उनका फ्यानहरुले समेत आफ्नो घरमा सलमानका लागी केक काट्दैछन् ।

अहिलेसम्म ५ वटा लगातार १०० करोड बक्स अफिस हिट फिल्म दिएका सलमान खानलाई चाइनिज खाना एकदमै मन पर्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu