रातो घरबाट बने तक्मे बुढा निर्माता, हिरो पनि आँफै



wilson

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
हाँस्यकलाकार विल्सन बिक्रम राई (तक्मे बुढा)ले चलचित्र निर्माण गर्ने भएका छन् । रातो घर नामक चलचित्रलाई निकेश लिम्बुसँग मिलेर तक्मे बुढाले फिल्म निर्माण गर्न लागेका हुन । आईतबारबाट नै छायांकनमा जाने तयारी भएको चलचित्र रातो घरलाई सुरज सुब्बा नाल्बोले निर्देशन गर्दैछन् ।

तक्मे बुढाको मुख्य भुमिका रहने चलचित्र रातो घरमा उनी बाहेक गौरव पहाडी, संयम पुरी, माला लिम्बु, जितेन तामाङ, बिकेश श्रेष्ठ, मेनुका प्रधान, उपासना लिम्बु लगायतका कलाकारहरुको अभिनय रहने बतायएको छ । कमेडी, एक्सन र थ्रीलर फिल्म भनिएको चलचित्र रातो घर माङ हिम फिल्मस र तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो ।
चलचित्रको छायांकन १ महिना भित्रमा सकिने निर्माण यूनिटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu