आमिर खानलाई सामाजिक बहिष्कार गर्न आव्हान



pk

प्रदर्शनमा आउनु भन्दा अगाडी देखी नै विभिन्न कारणले चर्चामा आएको बलिउडस्टार आमिर खान अभिनित चलचित्र पिके हाल प्रदर्शन भईरहँदा समेत विभिन्न कुराले चर्चा र विवादमा छ । फिल्म पीकेले हिन्दु धर्मको अपमान गरेको भन्दै द्वारीका पिठका शंकराचार्य स्वामी स्वरुपाचन्दले फिल्म बहिष्कार गर्न जनतालाई सार्वजनिक आव्हान गरेका छन् ।

उनले फिल्मका विवादित दृश्यलाई नहटाए आमिर खानलाई देश भरीका सबै हिन्दुले बहिष्कार गर्ने चेतावनी दिएका छन् । फिल्मका देखाइएका दृश्यहरु नियोजित रुपमा राखिएको भन्दै आमिरको टिमले जानी-जानी हिन्दु धर्मको अपमान गरेको बताए ।

त्यसैगरी अध्योयाका राम मन्दिरका पुजारीले फिल्मको विरोध गरेका छन् । यस्ता फिल्म फेरि पनि बने हिन्दुहरुले सहन नसक्ने उनले चेतावनी दिए । हाल प्रदर्शन भइृरहेको आमिर खान अभिनित चलचित्र पिकेले १०० करोड भन्दा माथिको व्यापार गरिसकेको छ ।

राजकुमार हिरानीले निर्देशन गरेको चलचित्र पिकेमा अनुष्का शर्मा, बोमन इरानी, सञ्जय दत्त, सुशान्त सिंह राजपुत, सौरभ शुक्ला लगायतको भूमिका रहेको छ । पिकेमा आमिर खानको भुमिकालाई सबैले तारिफ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu