गोरेको छायांकन समाप्त



anu-shah

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आफुलाई सहरसँगै बदल्नुको कथा बोकेको चलचित्र गोरेले आफ्नो सम्पुर्ण छायांकन सकाएको छ । जी.यस.मुभि मेकर्स प्रालिको व्यानरमा निर्माण भएको चलचित्र गोरेले आफ्नी प्रेमिकाको खोजीमा सहर पुग्दा बाध्यात्मक परिस्थितिमा आफुलाई सहरसँगै बदल्नु पर्दाको सङ्घर्षमय कथालाई चलचित्र पर्दामा उतारेको छ ।

चलचित्रमा दिलिप रायमाझी र अनु शाह मुख्य भुमिकामा छन् । यि बाहेक चलचित्रमा गुनु घर्ती, ममता शर्मा, माधव पण्डित, सञ्चिता सत्याल, सूर्य जिसि लगायत नव प्रस्तुतीमा राकेश कुमार र अभिषेक गिरीको पनि चलचित्रमा अभिनय रहेको छ ।

गोरे सस्पेन एक्सन थ्रिलर चलचित्र रहेको निर्देशक रामेश कुमार राईले जानकारी दिएका छन् । गोरेमा विकास चौधरीको सङ्गीत, बब्बु थापाको नृत्य र प्रदीप खड्काको द्वन्द्व रहने छ । चलचित्र यसै बर्ष प्रदर्शनमा ल्याउने तयारी भईरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu