‘झोले’ निर्देशक र टुल्केको नयाँ चलचित्र बन्दै



pasupati

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र ‘झोले’का निर्देशक दीपेन्द्र के खनाल र ‘टलकजंग भर्सेस टुल्के’का निर्माता रविन्द्र सिंह बाँनियाले अब चलचित्र ‘पशुपति प्रसाद’ बनाउने भएका छन् । चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गर्नेछन् भने चलचित्रका कार्यकारी निर्माताका रुपमा रविन्द्र सिंह बाँनिया रहने छन् ।

फागुनबाट चलचित्रको छायांकन सुरु हुने भनिएको चलचित्र ‘पशुपति प्रसाद’मा ‘टलकजंग भर्सेस टुल्के’का कलाकार खगेन्द्र लामिछाने मुख्य भूमिकामा रहने छन् । उनका अलवा चलचित्रमा विपिन कार्की र रविन्द्र सिंह बाँनिया मुख्य भूमिकामा देखिनेछन् ।

सामाजिक कथामा निर्माण हुन लागेको चलचित्र ‘पशुपति प्रसाद’ एक पात्रको नाम रहेको निर्देशक खनालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu