पूर्वका कलेज देखी पोखरा सम्म ‘जिन्दगी रक्स’ को प्रचार



rocks

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
जब चलचित्रको प्रदर्शन मिति नजिकदैं गर्छ तब स्वभाविक पनि हो चलचित्रको बचाउँका लागी भएपनि चलचित्र यूनिटले आफ्नो प्रचार प्रसारलाई व्यापकता दिनै पर्छ । त्यहि क्रममा पुष १८ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र जिन्दगी रक्स पनि अब चलचित्र प्रदर्शनमा आउन करिब ५ दिन जति बाँकी रहँदा आफ्नो प्रचार प्रसारलाई अझ व्यापकता दिँदै आएको छ ।

केहि दिन देखी पूर्वका विभिन्न कलेजहरुमा प्रचार प्रसार गर्दे आएको चलचित्र यूनिट यति बेला पोखराका कलेजहरुमा आफ्नो प्रचार प्रसारलाई अगाडी बढाएको छ । युवावर्गलाई लक्षित गरेर चलचित्र निर्माण गरेका कारण आफुहरुले देशका विभिन्न कलेजहरुमा चलचित्रको प्रचार प्रसारलाई व्यापकता बनाएको चलचित्रकी सह-निर्माता सुजिता श्रेष्ठले जानकारी दिइन । म्युजिक भिडियो र टेलिभिजनका चर्चित मुहार अकेषा बिष्ट, सौरमराज तुलाधर यस चलचित्रका मुख्य पात्र हुन् जसको भरमा चलचित्र यूनिटको पुरा विश्वास अडिएको छ ।

जिन्दगी रक्स काठमाण्डौदेखि चितवनसम्मको चार दिने यात्रा बीच चार साथीको जीवनमा आएको उतारचढावमा चलचित्र आधारित रहेको पनि निर्मात्री श्रेष्ठले बताइन् । एक सय भन्दा बढी म्युजिक भिडियोको निर्देशनबाट खारिएका निर्देशक निकेश खड्काद्वारा निर्देशित पहिलो चलचित्र जिन्दगी रक्समा अकेशासँगै सौरमराज तुलाधर, सोनाम पाख्रिन, रिचा शर्मा, प्रकृति श्रेष्ठ, मकन राई, बिनोद मैनाली, बिकी पुलामी, र पाका कलाकार तथा द्धन्द निर्देश राजेन्द्र खड्की चलचित्रमा अभिनय गरेका छन् ।

विशेषगरी, काठमाडौँ, पोखरा र चितवनका रमणय स्थानहरु र हाइवेमा छायांकन गरिएको चलचित्र जिन्दगी रक्समा सुगम पोखरेल,कमल खत्री, बाणी ब्याण्डका पुष्पन प्रधान र सन्जीत श्रेष्ठले चलचित्रमा सगींत भरेका छन् । भि प्रोडक्सनको व्यानरमा विरेन्द्रराज तुलाधर र सुजीता श्रेष्ठको निर्माणमा बनेको चलचित्रमा उमेश मर्हजनको द्धन्द्ध, हरि हुमागाईको छायांकन रहेको छ । चलचित्रको सहनिर्देशन बिनोद मैनालीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu