‘लोग्ने मान्छे’ को अडियो विमोचन



logn

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
लय संग्रौलाको निर्देशनमा तयार भएको चलचित्र लोग्ने मान्छेको आइतबार राजधानीमा एक कार्यक्रमबीच अडियो एल्बम विमोचन गरिएको छ । ४ वटा गीत समावेश अडियो एल्बममा चेतन सापकोटाको संगीत रहेको छ ।

दीलिप रायमाझी, नन्दिता केसी, नीक शर्मा, केशव भट्टराई, बालदीप राई, अनिशा गुरुङ, धु्रव कोइराला, संगीत लिम्बु, अन्जु थापा, विमला गिरी, रिषमा थापा, लय संग्रौला लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र लोग्ने मान्छेले समाज परिवर्तन गर्न केहि हदसम्म भएपनि मदद्त गर्ने चलचित्रका निर्देशक लय संग्रौलाले कार्यक्रममा बताए । लोग्ने मान्छे नचले आफु कालिमाटीमा तरकारी बेच्ने घोषणा गरेका निर्देशक संग्रौलाले लाग्ने मान्छेले सबैको मन जित्नेमा विश्वास व्यक्त गरे ।

त्यस्तै नायिका नन्दिता केसीले आफुलाई दर्शकले निकै लामो समय पछि फेरी ठुलोपर्दामा देख्ने अवसर पाउने बताइन । उनले भनिन् चलचित्र राम्रो बनेको छ अझ भन्नै चलचित्रको कथावस्तुले दर्शकलाई सजिलै हलसम्म तान्न सफल हुन्छ नन्दिताले दाबाका साथ भनिन् । दिलिप रायमाझीको श्रीमतीको भूमिकामा आफु प्रस्तुत भएको प्रष्ट पादैं नन्दिताले चलचित्र राम्रो बनेका कारण आफु चलचित्र चल्नेमा विस्वस्त रहेको बताइन ।

लोग्ने मान्छे चलचित्रको अडियो विमोचनमा पुगेका विभिन्न चलचित्रकर्मी, निर्देशक, निर्माताहरुले चलचित्रको शुभकामना दिएका थिए । माघ २३ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र लोग्ने मान्छेमा कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको एक्सन, बनिश शाहको सम्पादन रहेको छ भने उत्तम केसीको परिकल्पना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu