बलिउडकी चर्चित कोरियोग्राफर गीता कपुरलाई प्रहरीले पक्राउ गरेको छ । गीताले आफ्नो कारले एउटा मोटरसाइकललाई ठक्कर दिएको आरोप लागेको छ । मोटरसाइकलमा सवार मानिसको अवस्था चिन्ताजनक भएको बताइएको छ ।
आफ्नो कारमा भएकी गिताले अचानक नियन्त्रण गुमाइन् र अगाडिबाट आएको मोटरसाइकललाई ठक्कर दिएकी छिन् । घटना वर्सोवा मेट्रो स्टेशनमा बिहान करिब ५ बजे भएको बताइएको छ । गम्भीर घाइते मोटरसाईकल चालकलाई उपचारका लागि कोकिलाबेन धीरुभाई अंबानी अस्पतालमा भर्ना गरिएको छ ।
कोरियोग्राफर गीता कपुरलाई प्रहरीले हिरासतमा लिएर सोधपुछ सुरु गरेको छ । उनी डान्स इन्डिया डान्सकी मास्टर समेत हुन् ।