ठुलोपर्दा डटकम।
स्टेज कार्यक्रममा सहभागी हुन भ्याई-नभ्याई हुने कलाकारको भिडमा गायक राजेश पायल राई पनि पर्छन् । हजारौँ दर्शक, स्रोताको ढुकढुकी बनिसकेका गायक राजेश पायल राई जुन ठाउँमा जान्छन् त्यो ठाउँमा केहि न केहि हंगामा राजेशले गरेकै हुन्छन् । त्यहि क्रममा शनिबार सुदुरपश्चिम कञ्चनपुरमा राजेश पायल राईले सुरक्षाकर्मीलाई समेत पसिना छुटाइदिए ।
उनी जब स्टेजमा गीत गाउँनका लागी उत्रिए तब उनका फ्यानहरुले सुरक्षाकर्मीलाई समेत टेरेनन् । आई लभ यूको बर्षा छोडिरहेका राजेशका फ्यानहरुलाई सम्हाल्न सुरक्षाकर्मीलाई ठुलै महाभारत पर्यो । बल्ल बल्ल राजेश पायल राईका फ्यानहरुलाई सम्हाल्दै सुरक्षाकर्मीहरुको कडा सुरक्षा घेरा भित्र गीत गाएका राजेशले करिब तीन दर्जन भन्दा बढी गीत गाएर आफ्ना फ्यानहरुलाई मनोरञ्जन दिए ।
पहिलो पटक एउटै स्टेजमा करिब ३ दर्जन गीत गाएका राजेशलाई हेर्न हजारौँको संख्यामा उनका फ्यानहरु उपस्थित भएका थिए । कृष्णपुरमा पहिलो पटक यस्तो बृहत कार्यक्रम भएको स्थानीय कार्यक्रम संयोजक सागर नेगीले बताएका छन्। ‘यति धेरै दर्शकहरुको उपस्थितिमा कार्यक्रम यहाँ कहिल्यै भएको थिएन।’ उनले भने ‘उत्साहित दर्शकहरुको भिड नियन्त्रण गर्न स्वयं सेवक तथा प्रहरीलाई हम्मे हम्मे परेको थियो’ ।