‘धुन’ निर्देशकको दोश्रो प्रोजेक्ट घोषणा, जीवन र बर्षाले अनस्क्रिन रोमान्स गर्ने



satya-nepali-cinema-thuloparda-dot-com

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र ‘धुन’बाट निर्देशनमा डेब्यु गरेका युवा निर्देशक कृष्ण पौडेललाई पहिलो चलचित्र रिलिज अगावै अर्को चलचित्र निर्देशनको अवसर मिलेको छ । पौडेलले निर्देशन गर्न लागेको दोश्रो चलचित्र ‘सत्या’को आईतवार राजधानीको एक स्टुडियोबाट सांगीतिक कार्य सुभारम्भ गरियो ।

चलचित्रमा रंग पत्रकार रघुनाथ सापकोटा तथा अर्का एक एनआरएनको लगानी रहने छ यद्धपी एनआरएन को छन्, नाम भने खुलाईएको छैन । चलचित्रमा अभिनेता जीवन लुईंटेल र बर्षा शिवाकोटीको अभिनय रहने करिब फाईनल भएपनि अमेरिकामा रहेका कारण जीवनसँग ‘एग्रिमेन्ट’ हुन बाँकी रहेको निर्माण युनिटले बताएको छ ।

म्युजिकल सुभ साईत कार्यक्रममा निर्देशक ऋषी लामिछानेले नरिवल फोरेका थिए । आधा दर्जनजति चलचित्रमा सहायक निर्देशन गरेका पौडेलले ऋषीलाई गुरु मान्दै आएका छन् । थुप्रै चलचित्रमा सहायक निर्देशन गरेका तथा दर्जनबढी म्युजिक भिडियोको निर्देशन गरेका पौडेलले नयाँ प्रोजेक्टको घोषणा गर्दै भने, ‘पहिलो चलचित्र रिलिज अगाबै पनि मेरो आजसम्मको काम हेरेर नै निर्माताहरुले पत्याउनु भएको हो, आजसम्मको अनुभवलाई प्रयोग गरेर राम्रो चलचित्र दर्शकलाई पस्किन कुनै कसुर बाँकी राख्ने छैन्’ । चलचित्र नारी प्रधान बन्ने उनले बताए ।

त्यस्तै सञ्चारकर्ममा लागिरहेका सापकोटाले ठुलोपर्दाको चलचित्र निर्माणमा पहिलोपटक हात हालेका हुन् । यो चलचित्र ‘तारा सितारा प्रोडक्शन’ तथा ‘सेलिब्रेटी नेपाल प्रोडक्शन’को ज्वाईन भेन्चरमा निर्माण हुनेछ । चलचित्रको छायांकन नयाँ बर्षको सुभारम्भसँगै हुने बताईएको छ । कृष्ण आचार्यको कथा रहने यो चलचित्रमा संगीत विकास चौधरीको रहने छ भने चलचित्रमा समावेश गीतमा स्वर राजेशपायल राईले दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu