ठुलोपर्दा डटकम, काठमाण्डौ।
केहि महिना अगाडी राजधानीमा एक कार्यक्रमका विच चलचित्रको ‘लाईभ प्रोमो’ प्रस्तुत गरेपछि आफ्नो प्रचार प्रसारलाई व्यापक रुपमा अगाडी बढाइरहेको चलचित्र ‘होस्टेल रिटर्न्स’ले फेरी अर्को योजना अगाडी सारेको छ । ‘शिक्षाका लागी होस्टेल रिटर्न्स’ नाम दिइएको नयाँ योजनामा दुर्गम गाँउका विद्यार्थीहरुलाई शौक्षिक सामाग्री र छात्रवृत्रि वितरण गर्ने कार्यक्रम रहेको चलचित्रका निर्माता सुनिल रावलले जानकारी दिए ।
चलचित्रको पनि सामाजिक उत्तरदायित्व हुनुपर्छ भन्ने मनसायले यस्तो योजना अगाडी सारिएको निर्माता रावल बताउँछन् । दुर्गिस फिल्मस्को ब्यानरमा तयार भएको चलचित्रलाई सुनिल रावलले निर्माण गरेको हुन् ।
सुरज भुषालले निर्देशन गरेको ‘होस्टेल रिटर्न्स’मा सुशिल श्रेष्ठ, अभय बराल, नजिर हुसेन, शुसिल सिटौला, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, निर्मल शर्मा, दिया मास्के, सुदम सिके, पिके चौधरी लगाएतको मुख्य भूमिका छ । चलचित्र बैशाख २५ गतेदेखी देशव्यापी प्रदर्शनमा आउन लागेको छ ।