‘आवेग’को सफलताको लागी नायिका र निर्देशक मन्दिरमा



Basanta-Niraula-And-Pabitra-Acharya

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र नगरीमा सफलताको कामना गर्दै मठ मन्दिर दर्शनको लागी चलचित्रकर्मीहरु पुग्ने कुरा नयाँ होईन् । समय समयमा विभिन्न चलचित्रका निर्माता निर्देशकदेखी कलाकारहरुसम्म मन्दिरमा ‘भाक्कल’को लागी पुग्छन् । अनि सफल बन्ने ठुलो आशा बोकेर फर्किन्छन् । यो बीचमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आवेग’ निर्देशक बसन्त निरौला अभिनेत्री पवित्रा आचार्य च्यापेर ‘पाथिभरा’ मन्दिरको दर्शन गरेर फर्केका छन् ।

चलचित्र सफलताको कामना गर्दै धेरै नेपालीहरुले मान्दै र विश्वास बोक्दै आएको मन्दिर पाथिभरा पुगेको निर्दशक निरौलाले बताए । पुर्वी नेपालमा रहेको यो मन्दिर हिन्दुहरुको आस्थाको धरोहर मानिन्छ । मन्दिर दर्शनसँगै ‘आवेग’को तथा निर्देशनको तायरीमा रहेको अर्को नयाँ चलचित्रको सफलताको लागी पाथिभरा माईसँग आशिर्वाद लिएर फर्केको निरौलाले बताए । जहाँ पुग्नको लागी उनीहरु झण्डै आठ घण्टाको पैदल यात्रा पार गरेका थिए । जुन बाटोमा हिउँ तथा पहरा र लहरासँग जुहारी खेल्दै अघी बढ्नुपर्ने हुन्छ ।

निर्देशक निरौला तथा अभिनेत्री पवित्रा स्थानिय टोलीसँग पाथिभरा पुगेका थिए । ‘आवेग’मा आर्यन सिग्देल, ध्रुवदत्त, पवित्रा आचार्य, अर्चना देलाला लगाएतका कलाकारहरु लिड रोलमा छन् । यो चलचित्र नयाँ बर्षसँगै जेठमा रिलिजको तयारी भईरहेको बताईएको छ । गत फागुन ८ मा रिलिज मिति तय गरिएपनि पोष्टको काम नसकिएपछी चलचित्र रिलिज पोष्टपोण्ड भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu