अक्षय कुमार बने ‘गब्बर’ (भिडियो)



gabbar-is-backअक्षय कुमार अभिनित नयाँ चलचित्र ‘गब्बर इज ब्याक’को नयाँ ट्रेलर रिलिज भएको छ । नेता, पुलिस र एक साधारण व्यक्तिसँग जोडिएको कथालाई मुख्य केन्द्रविन्दुमा राखेर निर्माण भएको यो चलचित्र मे १ तारिकमा रिलिज हुदैंछ ।

फिल्ममा अक्षय कुमार गलतको सहि गर्ने एक कोशिस गरिरहेको देख्न सकिन्छ । ट्रेलरमा अक्षय कुमार धमकेदार एक्शन र दर्शकको मुखमा सजिलै झुण्डिन सक्ने डाइलगको साथमा देखिएका छन् ।

संजय लीला भंसालीको प्रोडक्शनमा बनेको यस फिल्मले यति बेला देखी नै बलिउडका केहि नयाँ तरंग श्रृजना गरिसकेको छ । बलिउडका अक्षय एकपछि अर्को सफल चलचित्र दिने नायक मध्यमा पर्छन् । केहि समय अगाडी मात्र अक्षय कुमारको ‘बेबी’ चलचित्र प्रदर्शनमा आएको थियो भने ‘गब्बर इज ब्याक’सँगै अक्षयले अभिनय गरेको अर्को चलचित्र ब्रर्दशपनि प्रदर्शनको तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu