हलिउडकी ख्यातिप्राप्त अभिनेत्री एन्जेलिना जोलीले फेरी स्तन सर्जरी गराउने भएकी छिन् । स्तन क्यान्सरबाट बच्न अर्को सर्जरी गर्न लागेको उनले बताएकी छिन् ।
गत वर्ष उनले प्रिभेन्टिभ डबल म्यासेक्टोमी गरेकी थिइन् । उक्त सर्जरीमामार्फत क्यान्सरबाट बच्न दुवै स्तनको आशिंक वा पूरै संरचना हटाउन सकिन्छ । स्तन क्यान्सरबाट अत्तालिएकी ओस्कार एवार्ड विजेता नायिका एन्जेलिना आफू स्तन क्यान्सरसम्बन्धी सचेतना फैलाउने प्रतिनिधिपात्र बनेकोमा पनि खुसी पनि व्यक्त गर्छिन् । ३८ वर्षीया जोलीले गत वर्ष न्युयोर्क टाइम्समा लेख लेखेर स्तन सर्जरी गराएको खुलासा गरेकी थिइन् ।
जोलीका अनुसार रगत परीक्षणामा क्यान्सरका लक्षण निकै बढेको अवस्थामा देखिए पछि यसो गरिएको हो । दुई बर्ष पहिला ३९ बर्षकी जोलीले आफ्नो शरीरमा बीआरसीए १ जीन रहेको थाहा पाएकी थिइन् । यो जीनले स्तन र पाठेघरको क्यान्सरको जोखिमलाई उच्च बनाउँछ । उनकी आमाको मृत्यु पनि पाठेघरको क्यान्सरका कारण भएको थियो ।