हेटौँडामा वृद्दा मारेको गैँडा तमिल चलचित्रको सुटिङका लागी छोडिएको खुलासा



rhino-at-hetaudaसोमबार हेटौंडाको सडकमा गैंडाले आतंक मच्चाउनुको पछाडि चितवनस्थित निकुञ्ज प्रशासन र जिल्लाका अधिकारीहरुको गम्भर लापर्बाही रहेको खुलासा भएको छ । आज एक राष्ट्रिय दैनिकले लेखेको समाचारमा विदेशी फिल्मको सुटिङका लागि निकुञ्ज प्रशासनसँगको सहमतिमा हेटौंडाको सडकमा गैंडा दौडाइएको फेला परेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा रहेको एकसिंगे गैंडालाई सडकमा दौडाएर चलचित्रको सुटिङ गर्ने एक भारतीय निर्देशक, नेपालका वन पदाधिकारी तथा स्थानीय प्रशासनको मिलेमतोमा सुरुमा गैंडालाई एकछिन सडकमा दोडाइएको पछि गैंडा बिच्किएर हेटौंडा बजारमा आतंक मच्चाएको रहस्य खुलेको हो । पर्सा वन्यजन्तु आरक्षा हुँदै वस्ती छिरेको गैंडाको आक्रमणमा परी हेटौंडा ६ की ६१ वर्षीया हरिमाया दाहालको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको थियो ।

गैंडा सोमबार विहान हेटौंडाको पशुपतिनगर आइपुगेको थियो । बुधवार राती अबेर सार्वजनिक भएको एक अडियोमा विदेशी फिल्मका निर्देशक श्रीनिवास सुन्दरराजन र नेपालमा सुटिङको ब्यवस्थापनको जिम्मा लिएका अधिकारीबीच कुराकानीमा समेत गैंडा सुटिङमा प्रयोग भएको पुष्टी भएको छ भने सोही गैंडा भागेर हेटौंडामा बितण्डा मच्चाएको खुल्न आएको छ । स्रोतका अनुसार भारतको तमिल भाषामा बन्न लागको एक चलचित्रको सुटिङका लागि आवश्यक एकसिंगे गैंडा सडकमा दौडाइएको दृष्य सुटिङ गर्न उक्त गैंडालाई निकुञ्जबाट ल्याइएको थियो । गैंडालाई सडकमा एकछिन दौडाएर सुटिङ सम्पन्न गरी पुनः जंगलमा लगी छाड्ने योजना गैंडा बिच्किएपछि तुहिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu