लोकतन्त्र दिवसको दिन निरौलाको ‘जन्मभुमी’



janmabhumi-release

ठुलोपर्दा डटकम, काठमाण्डौ।
मोहन निरौलाको निर्देशनमा बनेको चलचित्र ‘जन्मभुमी’ बैशाख ११ गते देखि प्रदर्शनमा आउने भएको छ । लोकतन्त्र दिवसको अवसरमा पारेर प्रदर्शन हुन लागेको यो चलचित्रमा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा विश्वकै कान्छा निर्देशक सौगात बिष्टको साथमा नव-कलाकारहरु जेविका कार्की र अग्रिम गिरी पनि छन् ।

दर्शकलाई राष्ट्रियता बोध गराउने चलचित्र ‘जन्मभुमी’ भएको निर्देशक निरौलाले बताए । यस चलचित्रमा उनले अभिनय समेत गरेका छन् । चलचित्रमा चेतन कार्की, पुण्य निरौला एवं शान्ति प्रियले गीत लेखेका छन् ।

युवराज राईको छायांकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्लको सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व जन्मभुमीमा रहेको छ । चलचित्र ‘जन्मभूमी’ का कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन् । अम्बिका गिरीको प्रस्तुतीमा तयार भएको यस चलचित्रमा सुरज गिरीको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu