सुटिङ्का दौरान घाइते भएपछि घुँडाको शल्यक्रिया गरिएको हलिउडस्टार जेम्स बोन्ड डेनियल क्रेगका कारण ‘स्पेक्ट्र’को निर्माणमा कुनै ढिलाइ नहुने निर्माण पक्षले जनाएको छ। ‘इवोन प्रोडक्सन’ कम्पनीले एक वक्तव्य जारी गर्दै यस्तो कुरा सार्वजनिक गरेको हो ।
वक्तव्यमा भनिएको छ ‘सुटिङ तालिकाको विश्राममा डेनियल क्रेगले घुँडाको एन्थ्रोस्कोपिक शल्यक्रिया गरेका छन्। उनी अप्रिल २२ बाट चलचित्रको काममा फर्किनेछन् ।’ चलचित्र निर्माण कम्पनीका अनुसार क्रेगले गरेको शल्यक्रिया सामान्य हो ।
उनको शल्यक्रियाले चलचित्रको पूर्व निर्धारित नोभेम्बर ७ को रिलिज मितिलाई कुनै असर नगर्ने बताइएको छ । बोन्डको २४ औं श्रृखंलालाई स्याम मेन्डिसले निर्देशन गरिरहेका छन् ।