जन्मभुमीको ट्रेलर सार्वजनिक



janmabhumi-trailer

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘जन्मभुमी’को यू ट्यूब ट्रेलर सार्वजनिक भएको छ । प्रस्तुत ट्रेलरमा खासगरी राष्ट्रिय भावना, माटोका कुरा, राजनैतिक अतिक्रमण, थिचो मिचो, वाह्य हस्तक्षेप जस्ता बिषयमा आक्रोश देखाइएको छ ।

मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको चलचित्र जन्मभुमी बैशाख ११ लोकतन्त्र दीवसका अवसरमा आउने भएको छ । राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचो मिचो, वाह्य हस्तक्षेप एवं जनजिवनका विविध पक्षमाथी चलचित्र निर्माण गरीएको साथै चलचित्र जन्मभुमी मौलिक नेपाली चलचित्र हुनुको साथै मौलीक नेपाली जनजीवनको कथा समेटीएको चलचित्र भएको निर्देशक मोहन निरौलाले वताए । यसमा उनको निर्देशनसंगै लेखन र अभिनय पनि रहेको छ ।

चलचित्र जन्मभुमीमा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बि एस लामीछाने र मोहन निरौलाको मुख्य भुमीका रहेको छ । चलचित्रमा विश्वकै कान्छा निर्देशक तथा बाल कलाकार सौगात विष्ट एवं नव कलाकारको रुपमा जेवीका कार्की र अग्रीम गीरी रहेका छन् ।

चलचित्रमा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका छन् । युवराज राईको छायाङकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्ल को सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व जन्मभुमीमा रहेको छ । चलचित्र जन्मभुमीका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन् । अम्बिका गिरीको प्रस्तुति रहेको चलचित्रमा सुरज गिरीको लगानी रहेको छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu