भदौ २५ मा ‘फागु’



fagu-endclap

ठुलोपर्दा डटकम, काठमाण्डौ।
१२ बर्षपछि चलचित्र निर्माण गरेकी सदाबहार नायिका करिश्मा मानन्धरको चलचित्र फागुको प्रदर्शन मिति सार्वजनिक गरिएको छ । केहि दिन अगाडी मात्र छायांकन सकिएर हाल पोष्ट पोडक्शनको टेवुलमा रहेको चलचित्र फागु आगामी भदौ २५ गते प्रदर्शनमा आउने नायिका करिश्मा मानन्धरले जानकारी दिइन् ।

बुबाको मुख हर्ने दिन र महिलाहरुको महानपर्व हरितालिका तिजको अवसर पारेर प्रदर्शनमा ल्याइन लागेको जानकारी दिँदै नायिका करिश्मा मानन्धरले विदा र चाडपर्वलाई लक्षित गर्दै चलचित्र फागु प्रदर्शनमा ल्याइन लागेको पनि बताइन । यसअघि चलचित्र ‘कस्तुरी, ढुकढुकी र बाबुसाहेब’ बनाएकी नायिका करिश्मा मानन्धरले चलचित्र फागु हालसम्म आफुले अभिनय गरेको चलचित्र देखी हालसम्म निर्माण गरेको चलचित्र भन्दा धेरै फरक रहेको बताएकी छिन् ।

चलचित्रमा गौरी मल्ल, बसन्त भट्ट, राजेश हमाल, शिल्पा पोख्रेलको साथमा नव-कलाकार सुवास पराजुलीको मुख्य भूमिका रहेका छन् । चलचित्रलाई सम्झना रौनियारले निर्देशन गरेकी हुन् । चलचित्रमा हिमाल केसीको एक्सन, विपिन मल्लको सम्पादन, कमल राइको नृत्य निर्देशन, रामशरण उप्रेतीको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu