३ हजार दर्शकलाई जब नेपथ्यले सिड्नीमा नचायो ..



nepathya-in-sydneyठुलोपर्दा डटकम, सिडनी।
आफ्नो तेस्रो अष्ट्रेलिया भ्रमणका क्रममा नेपथ्य सांगितिक टुर लिएर सिड्नी पुगेको नेपथ्य बान्डले सिड्नीको हार्बरब्रिज शहरमा आफ्नो भब्य साँगीतिक कन्सर्ट सम्पन्न गरेको छ । करिब ३ हजार भन्दा बढि दर्शकको उपस्थिति रहेको उक्त साँगीतिक कन्सर्टमा २ घण्टासम्म नेपथ्य बान्डले त्यहाँ रहेका नेपालीहरुलाई मनोरञ्जन दिएको थियो ।

स्टेजमा आएपछि २२ वटा भन्दा बढि गीतहरु प्रस्तुत गरेको नेपथ्य बाण्डले पहिलो पटक ३ हजार दर्शकमाझ सिड्नीमा सांगीतिक कन्सर्ट सम्पन्न गरेको हो । ‘रेशम’, ‘तालको पानी’, ‘जोगले हुन्छ भेट’, ‘मै नाचेँ’, ‘रातो र चन्द्र सूर्य’का साथै नयाँ गित ‘हे राम राम’ लगायतका गितहरु नेपथ्य बान्डका प्रमुख गायक अमृत गुरुङ्गले खलखली पसिना काढ्दै स्टेजमा उफ्रिँदा उपस्थित दर्शकहरु हौसिएका थिए । कार्यक्रममा ईश्वर पोखरेल, सुजाता उपाध्याय, राज के गोस्वामी, राजेश केसी, विश्वास श्रेष्ठ र नरेन कुलुंग लगायतका कलाकारले झण्डा गीत प्रस्तुत गरेका थिए ।

अष्ट्रेलियाका विभिन्न ५ शहरमा कार्यक्रम गर्न दुई साताअघि नेपथ्य अष्ट्रेलिया आइपुगेको हो । ब्रिसबेन, मेलबर्न लगायतका सहरमा कन्सर्ट गरेपछि २६ अप्रिलमा नेपथ्य बान्डको कन्सर्ट सकिनेछ । म्याग्दी सेवा समितिले टुरको आयोजना गरेको हो । यसलगत्तै १५ अप्रिलमा ब्रिसवेनमा, १८ मा डार्विन र अप्रिल २६ मा मेलबर्नमा कन्सर्ट हुनेछ । सबै राज्यहरुमा तयारी पूरा भइसकेको म्याग्दी सेवा समितिले जानकारी दिएको छ । नयाँ वर्षको अवसर पारेर आयोजना गरिएका यस अष्ट्रेलिया टूर अविष्मरणीय हुने अपेक्षा नेपथ्यका सदस्यहरुले लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu