ठुलोपर्दा डटकम, टेक्सास।
नयाँ वर्ष २०७२ सालको उपलक्ष्यमा अमेरिकाको टेक्सास स्थित ड्यालासमा आयोजना गरिएको नयाँ वर्ष २०७२ सांस्कृतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा हाँस्यकलाकार सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), पशुपति शर्मा (लोक गायक),प्रमोद खरेल (गायक), तथा गायिका संगीता थापा मगरले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिन सफल भएका थिए ।
धुर्मुस र सुन्तली प्रस्तुतिले नेपाली राष्ट्रियता र देश प्रेम सँगसँगै मनोरञ्जन प्रदान गरे । गायक गायिका शर्मा र थापाले आफ्नो केही चर्चित लोकगीतहरु गाएर उपस्थित सबै दर्शकहरु नचाउने सफल भएको थिए । हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस)ले नेकपा एमालेका नेता केपी शर्मा ओलीको क्यारिकेचर समेत गरेका थिए । कार्यक्रममा नेपालवाट गएका कलाकारलाई सम्मानपत्र प्रदान गरिएको थियो । नेपाली समाज टेक्सासको आयोजनामा भएको कार्यक्रममा समाजका अध्यक्ष भुवन आचार्यले अतिथीलाई सम्मान प्रदान गरेका थिए ।