यसरी रित्तियो बुढी आमाको काख (भिडियो)



rityayau

ठुलोपर्दा डटकम, काठमाण्डौ।
पछिल्लो नेपाली राजनिति देखेर सारा नेपालीहरु निराश भइरहेका छन् भने दैनिक १५ सय भन्दा बढि यूवाहरु रोजगारीका लागी विदेश पलायन भइरहेका छन् । देशमा दुई पटकसम्म निर्वाचन गरेर अब संविधान दिन्छौं भनेर बाचा गरेका नेताहरु अहिले केन्द्रिय राजनितिमै अलमलिरहेका छन् । त्यहि तितो यर्थाथलाई समावेश गरेर ‘रित्यायौ यी बुढी आमाको काख’ बोलको भिडियो सार्वजनिक भएको छ ।

दिपक लिम्बुको आवाजमा रहेको गीतमा तुला प्रवातको शब्द र संगीत रहेको छ । सार्वजनिक भिडियोमा प्रशन्न पौडेलको निर्देशन, सुदिप बरालको छायांकन छ । बिमलेस अधिकारी, सरु घिमिरे लगायतका कलाकारहरुले अभिनय गरेका छन् । गीतमा देश बनाउने भन्दै रित्याउनेको कथा उठाइएको छ । विगत १५ बर्षदेखि गायन र संगीतमा लागेको तुला प्रवातले यसअघि २ वटा एल्बम ‘माया र भविष्य’ बजारमा ल्याइसकेका छन् । उनको सार्वजनिक हुन लागेको तेश्रो एल्बम ‘दोष’मा यो गीत समावेश छ ।

उनका गीतमा हालसम्म आलोक श्री, टिका भण्डारी, राजु सिंहले समेत संगीत भरिसकेका छन् भने राजेशपायल राईदेखि गायिका अञ्जु पन्तसँग तुलाले काम गरिसकेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu