ठुलोपर्दा डटकम, काठमाण्डौ।
कमेडी चलचित्र ‘रेशम फिलिली’ र ऐताहासिक कथामा बनेको ‘झोला’ आजबाट देशव्यापी प्रदर्शनमा आएका छन् । हलिउड र बलिउड चलचित्र कुनै पनि प्रदर्शन नआउने मौका पारेर शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र झोला भने पुन: प्रदर्शनमा आएको चलचित्र हो । यो चलचित्र यस अघिनै प्रदर्शनमा आएको थियो ।
चलचित्र झोला दर्शकको अत्याधिक मागपछी पुनः रिलिज गर्न लागेको निर्माण टिमले बताएको छ । चलचित्र झोलामा गरिमा पन्त,दीपक क्षेत्री, लक्ष्मी गिरी, देशभक्त खनाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । कृष्ण धराबासीको ऐतिहासिक कृति झोलामा आधारित चलचित्र झोलाले दक्षिण एसियाली फिल्म फेस्टिबलमा उत्कृष्ट नायिकाको अर्वाड समेत पाएको थियो । यादव कुमार भट्टराई निर्देशित यो चलचित्रले सय बर्ष पुरानो नेपाली समाजको सति प्रथाको कथा बोल्छ । उत्तमकुमार श्रेष्ठको प्रस्तुतीमा तयार चलचित्रमा मालती शाह, राज तिमल्सिना, रामगोपाल थापा र सुशिल शाहको लगानी छ ।
‘जालमा’ बोलको गीत सामाजिक संजालदेखि मिडियामा भाइरल भएपछि दर्शकहरुको बुहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्र रेशम फिलिलीमा विनय श्रेष्ठ, कर्मा र मेनुका प्रधान मुख्य भूमिकामा छन् । प्रणव जोशीको निर्देशनमा तयार भएको यस चलचित्रलाई माधव वाग्लेले निर्माण गरेका हुन् ।