भुकम्पका कारण ‘होस्टेल रिटर्न्स’ पोस्टपोन्ड, ‘धुन’ पनि बैशाख १८ मा नलाग्ने



hostel-returns-postponed

ठुलोपर्दा डटकम, काठमाण्डौ।
शनिबार गएको महाभूकम्पको कारण आईपरेको दुखद घडीमा बैशाख २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘होस्टेल रिटर्न्स’ले आफ्नो प्रदर्शन मिति पोस्टपोन्ड गरेको छ । चलचित्रका निर्माता सुनिल रावलका अनुसार हाल देशमा महाविपत्ति लाइलागिरहेको अवस्थामा चलचित्र प्रदर्शन गर्नु उचित नहुने भएका कारण चलचित्रको प्रदर्शन मिति पोस्टपोन्ड गरिएको जानकारी दिए ।

रावलका अनुसार चाँडै चलचित्रको नयाँ प्रदर्शन मिति सार्वजनिक गरिनेछ । छात्रावासमा बस्ने पात्रहरुको जीवनशैली, प्र्रेम, आकर्षणलाई प्रस्तुत गरेको चलचित्रलाई सुरज भुषालले निर्देशन गरेका हुन् । चलचित्रमा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, दीया मास्के लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा स्वप्निल आचार्यको संगीत, हरि हुमागाईँको छायांकन, अष्ट महर्जनको एक्सन, गोविन्द राइको नृत्य, सुरज भुषाल र सन्तोष लम्सालको पटकथा समावेश छ । चलचित्रलाई सुरज भुसालले निर्देशन गरेका हुन् ।

यस सँगै अर्को चलचित्र धुनले पनि आफ्नो प्रदर्शन मिति पर सारेको छ । बैशाख १८ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको यो चलचित्रले यसभन्दा अघि पनि प्रदर्शन मिति सारेको थियो तर शनिबार गएको महाभूकम्पका कारण चलचित्रको प्रदर्शन मिति पर सारिएको चलचित्रका निर्देशक कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार चलचित्रको नयाँ प्रदर्शन मिति चाँडै सार्वजनिक गरिनेछ ।

साथै, शुक्रबार बाट प्रदर्शनमा आएका दुई चलचित्र ‘रेशम फिलिली’ र ‘झोला’लाई पनि भूकम्पले नराम्रो असर पारेको छ । धेरै चलचित्र हलहरु भत्किएका र दर्शकहरु त्रासले हलसम्म जान नसकेपछि यति बेला यि दुई चलचित्रको व्यापार निराशा जनक मात्र नभएर हलहरुनै बन्द भएका छन् । चलचित्र झोला भने पुन: प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu