ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख १२ गते नेपालमा गएको महाभूकम्पका कारण देशनै शोकाकुल भएको बेला नेपाली चलचित्रका कलाकार, निर्दशक, निर्माता लगायतले भूकम्पमा परि ज्यान गुमाउनेहरुको १३ औं दिनको स्मृतिमा मैनबत्ति मालेर श्रदाञ्जली दिएका छन् । बिहिबार साँझ काठमाडौंको प्रज्ञा प्रतिष्ठिानमा आयोजित कार्यक्रममा चलचित्रकर्मीहरुले मैनबत्ति बालेर महाभूकम्पमा परी ज्यान गुमाउनेहरुलाई श्रदाञ्जली दिए ।
भूकम्पमा परि ज्यान गुमाउने परिवारलाई समेत राहत प्रदान गर्दै आइरहेका चलचित्रकर्मीहरुले मैनबत्ति बालेर ज्यान गुमाउनेहरुलाई सम्झिरहदाँ प्राय सबैको आँखामा आसु देखिन्थ्यो । मैनबत्ति हातमा बोक्दै उपस्थित भएका चलचित्रकर्मी भन्दै थिए ‘महाभूकम्पमा परि ज्यान गुमाउनेहरुको आत्माले शान्ति पाओस्’ अनि भगवानलाई पुकार्दै भन्दैं थिए ‘हामी नेपालीलाई यसरी नछुट्याउ’ ।
मैन बत्ति बालेर महाभूकम्पमा परि ज्यान गुमाउनेहरुलाई नेपालमा रहेका चलचित्रकर्मीले मात्र होइन विदेशी भूमिमा रहेका चलचित्रकर्मीहरुले पनि मैनबत्ति बालेर श्रदाञ्जली दिएका छन् भने ज्यान गुमाउने परिवार र घाईते परिवारलाई राहातका लागी आर्थिक सहयोग समेत जुटाउदै गरेका छन् ।