सलमानलाई फ्यानसँग भेट्न रोक



salman-khan-hit-and-run-case१३ बर्ष अगाडीको ‘हिट एण्ड रन’ मामलामा मुम्बई उच्च अदालतले ५ बर्ष जेल सजाए सुनाएपनि केहि समयको लागि बाहिरै रहेका बलिउडस्टार सलमान खानलाई आफ्ना फ्यानहरु भेट्न रोक लगाइएको छ । तर उनले आफ्नो अधुरा चलचित्रको छायाँकन भने गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सलमान हाल ‘बजरंगी भाईजान’ को सुटिङमा व्यस्त छन् ।

उनी चलचित्र ‘बजरंगी भाईजान’ को सुटिङका लागी आइतबार नै जम्मू काश्मिरको श्रीनगर पुगेका छन् । खबरका अनुसार उनले आइतबारबाट नै चलचित्रको छायांकनमा सहभागी भएका छन् भने उनलाई आफ्ना फ्यानहरु भेट्न रोक लगाइएको छ । सलमान खानको सुरक्षाका लागी यति बेला श्रीनगरमा सयौँको संख्यामा प्रहरी परिचालन गरिएको छ ।

गएको शुक्रबारमात्र मुम्बई उच्च अदालतले ‘हिट एण्ड रन’ मुद्दाका दोषी अभिनेता खानलाई जमानत दिँदै तत्कालका लागि जेल सजाय स्थगित गरेको थियो । सन् २००२ सेप्टेम्बर २८ को राति सलमान खानले मादक पदार्थ सेवन गरी चलाएको गाडीले किचेर एक व्यक्तिको मृत्यु भएको र ३ व्यक्ति घाइते भएका थिए। उनलाई अदालतले दोषी ठहर गर्दै बुधबार ५ वर्षको जेल सजाय सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu