ठुलोपर्दा डटकम, काठमाण्डौ ।
अभिनेत्री करिश्मा मानन्धरको संयोजकत्वमा काठमाण्डौबाट करिब ९ किलोमिटर टाढा रहेको धर्मस्थली चौगाउँमा भूकम्पले भत्किएका ७५ वटा घरको पूननिर्माण हुने भएका छन् । काठमाण्डौमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा भूकम्पपीडितलाई घर बनाइदिने घोषणा गरिएको हो ।
परमशक्तिपीठ नेपाल सेवा समिति र कलाकारको सयुंक्त प्रयासमा ७५ वटा घरको पूननिर्माण गर्न लागेको जानकारी दिँदै नायिका तथा यस अभियानकी संयोजक करिश्मा मानन्धरले यस्तो बेलामा एक्का भएर एकसाथ अगाडि बढ्नुपर्ने बताइन् । धर्मस्थली चौगाउँमा रहेका ७५ वटै घर भूकम्पले ध्वस्त पारेका कारण शक्तिपीठले ७५ वटै घर निर्माण गर्नेगरी काम थालेको छ ।
मंगलबारदेखि घर बनाउन थाल्ने र १५ दिनभित्र सम्पूर्ण घर निर्माण गरी स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कलाकारको योजना छ । पत्रकार सम्मेलनमा नायिका झरना थापा, कलाकार दीपाश्री निरौला उपस्थित भएका थिए । उनीहरुले पनि धर्मस्थली चौगाउँमा रहेका ७५ वटा घर निर्माण गर्न आफुहरुले सक्दो प्रयास गर्ने बताएका छन् ।
भिडियो: