मनाईएन चलचित्र पत्रकारिता दिवस



ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र पत्रकारितामा कलम चलाउने रंग पत्रकारहरुले हरेक बर्ष मनाउदैं आएको चलचित्र पत्रकारिता दिवस यस पटक भने नमनाइने भएको छ । बैशाख १२ गते गएको भूकम्पले देश शोकाकुल अवस्थामा भएका कारण यस बर्ष चलचित्र पत्रकारिता दिवस मनाउन नसकिएको चलचित्र पत्रकार संघका महासचिव सन्दिप सापकोटाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

चलचित्र पत्रकारिता दिवसको अवसर पारेर प्रदान गर्दै आइएको चलचित्र पत्रकारिता पुरस्कार र सम्मान पनि घोषणा नगरिएको उल्लेख गर्दै प्रेस विज्ञप्तीमा पुन जवजिवन सामान्य बन्दै गएपछि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने बताइएको छ । भूकम्पले देशनै अस्तव्यस्त भएका करण यो अवस्थामा चलचित्र पत्रकारिता दिवस र चलचित्र पत्रकार संघको स्थापना दिवस मनाउन नसकिएको उल्लेख गर्दै भूकम्पपीडितलाई राहत वितरण गर्न चलचित्र पत्रकार संघ अझै सक्रियतका साथ लाग्ने पनि बताइएको छ ।

हरेक बर्ष जेठ ७ गते मनाइँदै आएको चलचित्र पत्रकारिता दिवस यस बर्ष भने उल्लासमय तवरले नमनाइने चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले जानकारी दिए । संघबाट जारी प्रेस विज्ञप्तीमा भूकम्पका कारण मृत्यु भएकाहरुको चिर शान्तिको कामना र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

fja-pree-release

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu