‘पिके’ चलचित्रपछि हालसम्म कुनै पनि चलचित्रमा काम नगरेका बलिउडका सुपरस्टार आमिर खान हाल कुस्ती सिक्ने प्रशिक्षण लिइरहेका छन् । आफ्नो नयाँ चलचित्र ‘दंगल’मा पहलवान महावीर फोगटको भूमिकामा देखिन लागेका आमिर हाल प्रकाश भारद्धाज र कृपाशंकरसंग कुस्तीको विषयमा प्रशिक्षण लिइरहेका भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
२० वर्षे तन्नेरी, ५० अधबैंशे र ६० बर्षिय कोचको भुमिकामा देखिन लागेका आमिर ‘दंगल’को सुटिङ तीन चरणमा गर्ने बताएका छन् । दुई चरणसम्ममा पनि चलचित्रको सुटिङ नसकिने भएका कारण तिन चरणसम्ममा चलचित्रको सम्पुर्ण सुटिङ सकाइने आमिरले बताए । साथैं उनले चलचित्रका लागी आफ्नो तौल बढि रहेको पनि खुलाएका छन् । ‘हाल म ९५ किलो को छु अब म चाडैं मैले २७ किलो घटाउनु पर्छ त्यसैले पनि हाल पनि कुस्ती सम्बन्धी प्रशिक्षण लिइरहेको छु’ आमिरले बताए ।
चलचित्र ‘दंगल’ पहलवान महावीर फोगट र उनकी छोरी गीता, बबीता र संगीताको जीवनीमा आधारित चलचित्र हो । महावीर, गीता र बबीता आमिरको चर्चित टेलिभिजन शो सत्यमेव जयतेको एक एपिसोडमा पनि आएका थिए ।