‘बजंरगी भाइजान’को टिजर आउँदा दर्शकमा निराशा



bajrangi-bhaijaan-teaser-sa

बलिउडका सुपरस्टार सलमान खानले अभिनय गरेको नयाँ चलचित्र बजंरगी भाइजानको टिजर सार्वजनिक भएको छ । केहि दिन अगाडी मात्र फष्टलुक सार्वजनिक भएको चलचित्र बजंरगी भाइजानको बिहिबार टिजर सार्वजनिक गरिएको हो ।

एक बालिकाको दुखत कथा, करिनाको सलमानसँग प्रेम सगैं बजंरगी अर्थात सलमान खानले गर्ने पाकिस्तान यात्राको कथालाई टिजरले समेटेको छ । आगामी इदमा प्रदर्शन हुन लागेको चलचित्र बजंरगी भाइजानलाई बलिउडकै बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । बलिउडका चर्चित नायक सलमान खान मुख्य भुमिकामा भएका कारण चलचित्रले बलिउड बक्सअफिसमा धमका मच्चाउने अहिलेदेखीनै अड्कल काट्न थालिसकिएको छ । यस अघि एक था टाइगर निर्देशन गरेका कबिर खानले यस चलचित्रलाई निर्देशन गरेका हुन् । चलचित्रमा सलमान खानको पनि लगानी रहेको छ । किक चलचित्र पश्चात पर्दामा नदेखिएका सलमानसँग यस चलचित्रमा करिना कपुर,नवाजुद्दिन सिद्दिकीको मुख्य भुमिका रहेको छ ।

सलमान खान फिल्मसको अफिसियल यूटुव च्यानलबाट सार्वजनिक गरिएको टिजरलाई दर्शकहरुले अत्याधिक रुचाउने आँकलन गरिएको थियो तर टिजर सोचेजस्तो नभएपछि सलमानका फ्यानमा निराशा छाएको छ । फुल एक्शनमा जमेका सलमानको ‘बजरंगी’ रुप पनि त्यस्तै खोजेका दर्शकले त्यो अनुरुप नपाएपछि निराश भएका हुन् यद्यपी टिजरबाट नै निराश भईहाल्ने अवस्था भने छैन । सलमानले प्राय: टिजर र ट्रेलर फरक ढंगका ल्याउने भएकोले ‘भाईजान’को असली मजा आउन बाँकी नै छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu