ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्माण कार्य सम्पन्न भएको नेपाली चलचित्र ‘रातो घर’को दश वटा मोसन पोस्टर र लिरीकल अडियो सार्वजनिक भएको छ । हालसम्म नेपालमा प्रदर्शन मिति सार्वजनिक नगरिसकिएको चलचित्रका मोसन पोस्टरलाई झापाली डन, लुगा चोर, रिचार्ज चोर, गुलेली ग्यांग लगायतको नाम दिइएको छ ।
जुलाई २५ का दिन युके को प्रिन्सेस हलमा रेड कार्पेट प्रिमियर गरिन लागिएको चलचित्र रातो घरमा विल्सन विक्रम राई, सयंम पुरी, गौरव पहारी, मेनुका प्रधान, विकेश श्रेष्ठ, जितेन लामा, अनुराग कुवँर, भानु प्रताप, उपशना नेम्वाङ, श्याम राई लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रमा सुरज सुब्बा नाल्बोको पटकथा र निर्देशन रहेको छ । सुरज सुब्बा नाल्बो र विल्सन विक्रम राईको लगानीमा निर्माण भएको यस चलचित्रलाई मेन्छा रुम्दालिले लेखेका छन् ।
सार्वजनिक गीतमा शशी रावलको स्वर रहेको छ भने महेश खडका र डम्बर नेपालीको संगीत रहेको छ । ‘रातो घर’ले लागुपदार्थ विरुद्द सर्ट मुभीको प्रतियोगीता गर्ने जानकारी दिँदै निर्देशक नाल्बोले यस प्रतियोगितामा प्रथम हुने चलचित्रलाई रु १,००,००० नगद पुरस्कार प्रदान गरिने बताईएको छ ।
हेर्नुहोस् मोसन पोस्टर र लिरिकल अडियो: