चलचित्र प्राविधिक संघले चलचित्र महोत्सव गर्दै



NEFTA-LOGO-FINAl

ठुलोपर्दा डटकम, काठामाण्डौ।
नेपाल चलचित्र प्राविधिक संघको कल्याणकारी कोषको सहयोगार्थ चलचित्र प्राविधिक संघले चलचित्र महोत्सव २०७२ को आयोजना गर्ने भएको छ । २०७१ बैशाख १ गतेदेखि २०७१ चैत्र मसान्तसम्म प्रदर्शनमा आएका चलचित्रले महोत्सवमा सहभागी हुन पाउनेछन् ।

प्राविधिक संघको बार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुन लागेको चलचित्र महोत्सवमा चलचित्र हेरिसकेपछि हरेक विधामा उत्कृष्ट ५ चलचित्रको छनोट गरि ‘आठौ नेफ्टा फिल्म अवार्ड’मा सहभागी गराइने बताइएको छ । नेपाली चलचित्रको विकास, विस्तारका लागि चलचित्र महोत्सव र त्यसपछि अवार्ड आयोजना गर्ने नेफ्टाको भनाई छ ।

मलेसिया र हङकङमा आयोजना गरिसकिएको नेफ्टा फिल्म अवार्ड यस पटक पनि विदेशमा हुने प्राविधिक संघका अध्यक्ष मनोज केसीले जानकारी दिएका छन् । यस अघि भूकम्पपीडित प्राविधिकलाई आर्थिक सहयोग देखी राहत वितरण गरेको नेपाल चलचित्र प्राबिधिक संघले चलचित्र महोत्सवबाट उठेको रकमपनि चलचित्र प्राबिधिक संघको कल्याणकारी कोषमा जम्मा गरिने अध्यक्ष केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu