‘टिचर’ को च्यारीटी सम्पन्न, माइती नेपाललाई ५१ हजार सहयोग



ठुलोपर्दा डटकम, काठमाण्डौ।
हालसम्म नेपालमा प्रदर्शन मिति सार्वजनिक नगरिसकिएको चलचित्र टिचरको काठमाडौंको कुमारी हलमा च्यारिटी शो सम्पन्न भएको छ । कुशल थापा, सलिना बस्नेत, उमा कार्की, पुरन थापा, सीपी पौडेल लगायतका कलाकारहरुले अभिनय गरेको यस चलचित्रको च्यारेटी शोमा पत्रकार, चलचित्रकर्मी साथै अन्यक्षेत्रमा विभिन्न व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

चलचित्र हेरेपछि उपस्थित सबैले चलचित्र उत्कृष्ट रहेको प्रतिक्रिया दिएका निर्देशक शोभित बस्नेतले जानकारी दिए । उक्त च्यारिटी कार्यक्रममा नै माइती नेपाललाई चलचित्रको तर्फबाट नगद ५१ हजार सहयोग गरिएको थियो । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई नायक तथा निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेतले ५१ हजारको चेक हस्तान्तरण गरेका थिए ।

यो चलचित्रको जुन १२ बाट मलेसिया, कतार र दुबीमा पनि च्यारिटी गर्न लागिएको छ । च्यारिटीका लागी उक्त देशमा चलचित्रका मुख्य कलाकार कुशल थापा र निर्माता शिव कुमार रकाल जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu