चलचित्र विकास वोर्डको अध्यक्षमा राजकुमार राई नियुक्त



rajkumar-rai-fdb

ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्माता संघका अध्यक्ष राजकुमार रार्ई चलचित्र विकास वोर्डको अध्यक्षमा नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्री परिषदको बैठकले उनलाई अध्यक्षमा नियुक्क्त गरेको हो ।

पाँच महिनाअघि धर्मेन्द्र मरवैताले चलचित्र विकास बोर्डको अध्यक्ष पद त्याग गरेपछि रित्तो रहेको रहेको चलचित्र विकास बोर्डमा निर्माता राजकुमार राई अध्यक्ष पदमा नियुक्त भएका हुन् । चलचित्रक्षेत्रलाई हेर्ने एक मात्र सरकारी निकाय चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएपछि उनले चलचित्रक्षेत्रलाई विस्तारै विकासन्मुख दिशा तर्फ लग्ने बताए ।

सुस्ताएको चलचित्र बजारलाई माथि उठाउन आफ्नो कदम अगाडी बढ्ने पनि नव नियुक्त चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले बताएका छन् ।

‘ठुलोपर्दा डटकम परिवार’बाट चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष राजकुमार राईलाई हार्दिक बधाई र नयाँ कार्यकालको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu