केहि दिन अगाडी आफ्नो घरको राम्रोसँग रेखदेख गर्न नसकेको भन्दै बलिउड अभिनेत्री सनी लियोनलाई घरबाट निकालिदिएकी अभिनेत्री सेलिना जेट्लीलाई सनीका पति डेनियल वेबरले धम्की दिएको बताईएको छ । भारतीय सञ्चारमाध्यमसँगको एक अन्तरर्वार्ताको क्रममा अभिनेत्री सेलिना जेट्लीले यस्तो कुरा खुलाएकी हुन् ।
सेलिनाले सन्नीले घर खाली नगरेकाले आफू र आफ्ना दुई छोरा होटलमा बस्नु परेको बताएकी छिन् । ‘सनीलाई आफ्नो घरको रेखदेख नगरेको भनेर घर छोडेर जाऊँ भनेको होइन’ सेलिना जेट्लीले भनिन्, ‘हाम्रो परिवारलाई नै बस्ने ठाउँ नभएर सनीलाई घरबाट जाऊ भनेका हौँ ।’ सनीका पतिले आफुलाई नराम्रो मेल लेखेको र विभिन्न व्यक्तिको माध्यमबाट धम्काएको बताइन् ।
केहि दिन अगाडी आएको खबर अनुसार सेलिनाले ‘सरप्राइज भिजिट’ गर्दा सन्नीले पुरा फ्ल्याटलाई दुर्गन्धित राखेको तथा बाल्कोनीमा रहेका फर्निचर काम सड्दै गएको पाएपछि उनले सन्नीलाई तुरुन्त फ्ल्याट खाली गर्न लगाएकी कुरा बाहिर आएको थियो ।