अमेरिकी अभिनेत्री मोनिका लेविसको निधन



monica-lewis

अमेरिकी अभिनेत्री तथा गायिका मोनिका लेविसको निधन भएको छ । ९३ बर्षको उमेरमा उनको निधन भएको अमेरिकी समाचारमाध्यहरुले जनाएका छन् । एक समयकी चर्चित नायिका एवं गायिका मोनिका लेविसको क्यालिफोर्नियामा रहेको वुडलैण्ड हिल्स आफ्नो निवासमा उनको आइतबार निधन भएको हो ।

‘‘चिक्विटा बनाना’’ मा पहिलो पटक आवाज दिएर हलिउडमा प्रवेश गरेकी गायिका एवं अभिनेत्री मोनिका लेविसको दुई छोरा र तिन छोरी रहेका छन् । लेविसले १७ बर्षको उमेरमा पढाइ छोडी उनीले आफ्नो परिवारलाई आर्थिक सहयोग गर्न थालेकी थिइन् । उनले हलिउडको सफल चलचित्र ‘अर्थक्वैक’, ‘चार्ली वैरिक’, ‘नंजियो’ र ‘द स्टिंग २’ मा काम गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu