पर्दामा ‘विरानो माया’



Namrata-Sapkota

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘विरानो माया’को भने सोमबार कमलादीस्थित गणेश मन्दिरमा शुभ मूहर्त गरिएको छ । श्री मिडिया सर्च एण्ड मुभि मेकरको प्रा.लि.को ब्यानरमा निर्माण हुने यस चलचित्रमा रोहित रुम्बा, नम्रता सापकोटा, दिपसा वि.सी., सुरविर पण्डित, राजु वजाज, तिलक कट्टेल, नयनराज पाण्डे, भावना कट्टेललगायतको अभिनय रहने छ ।

चलचित्रलाई माधव खरेलले निर्देशन गर्ने छन् । चलचित्रलाई निर्देशक खरेल आफैंले लेखेका हुन् । चलचित्रलाई मिलान लामा र सावित्री अधिकारीले निर्माण गर्ने छन् । काठमाडौं,काभ्रे, सिन्धुली, जनकपुर, झापा लगायतको पूर्वको विभिन्न स्थानमा छायांकन गरिने यस चलचित्रको आउने साताबाट छायांकन सुरु हुने निर्माता मिलान लामाले जानकारी दिए ।

birano-maya

चलचित्रलाई शुभकामना दिन निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय लगायतका व्यक्तिहरु पुगेका थिए । चलचित्रमा क्रियटिभ तथा काष्टिङ्ग निर्देशन शान्तिप्रियको रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu