नक्कली प्रचण्डलाई सक्कली प्रचण्डले सहयोग गर्ने



prachanda-and-ghanashyam

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पमा परि घाईते भएका लोकप्रिय हाँस्य टेलिश्रृखंला मेरी बास्सैमा प्रचण्डको भूमिकामा अभिनय गर्ने कलाकार घनश्याम गौतमलाई नेकपा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट गरि राहतको व्यबस्था गरिने आश्वासन दिएका छन् ।

सोमबार साँझ प्रचण्ड संगीतकार चेतन सापकोटासँग गौतमको घर कटुन्जे पुगेका थिए। त्यहाँ करिब २५ वटा घर भत्किएका छन् । भूकम्पका कारण गौतम र उनकी पत्नी पनि घाइते भएका छन्। उनको हात भाँचिएको छ। भेटमा प्रचण्डले घनश्यामको समस्या सुनेका थिए भने उनले सस्तो ऋण निकासा गरिदिने र घाईतेहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने प्रचण्डले आश्वासन दिएका थिए ।

भूकम्पले प्रभावित भएका त्यहाँका सम्पूर्ण स्थानियका लागि प्रचण्डले ठूला २ वटा टेन्ट पनि दिएका थिए । प्रचण्डलाई त्यहाँ लाने बन्दोबस्त मिलाएका संगीतकार सापकोटाका अनुसार प्रचण्डले स्थानियहरुलाई केही राहत सामाग्री पनि बाँडेका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu